टोपबहादुरलाई प्रहरीले नभेटे हामी आँफै ल्याइदिन्छौँ : पद्मा अर्याल (भिडियो)

काठमाडौं : नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारले भ्रष्ट्राचार प्रकरणमा पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरेकी छन् । उनले उही प्रकारको प्रकरणमा अन्य भ्रष्ट्राचारको प्रकरणमा अन्य व्यक्तति प्रति सरकार नरम भएको तर एमाले एमाले सम्बद्ध व्यक्तिलाई भने नाम जोडिने वित्तिकै पक्राउ पूर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

‘त्यही लभलका व्यक्तिका विषयमा कुरा उठ्दा ती मान्छेहरुलाई पक्राउ पूर्जी नकाट्ने । ती मान्छेलाई अनुशन्धानको दायरामा ल्याउन नपर्ने । अमुख पार्टीका व्यक्तिलाई मात्रै पूर्जी काट्नु पर्ने अनुशन्धान गर्नुपर्ने ?,’ उनले भनिन्, ‘यो राज्यको पक्षपातपूर्ण व्यवहार भयो । हाम्रो टिप्पणी यही हो।’

उनले एमाले कुनै पक्षधरताविनै अनुसन्धनमा सघाउन पार्टी भएको पनि उनले दाबी गरेकी छन् । प्रहरीले नसके आफूहरुले नै समाउनुपर्नेहरुलाई समात्ने पनि बताइन् ।

‘कुनै पक्षधरता होइन, को कस्लाई समाउनु पर्ने हो हामी नै समाति दिन्छौँ को–कस्लाई समाउनु पर्ने हो, पुलिसले सकेन भने हामी समातेर ल्याइदिन्छौँ,’ उनले भनिन्, ‘नत्र पुलिस त लागेकै छ । ल्याउला को कस्लाई ल्याउनु पर्ने हो । कसैको नाम जोडिने वित्तिकै झ्याप झ्याप्ती समाति हाल्नुपर्ने । कसैको नाम आउने वित्तिकै कागज मिलाई दिनु पर्यो भन्ने भोलि यो कुरा लुक्छन् र ?’

एमाले सचिव टोपबहादुर नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि तानिएका छन् । उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको छ । रायमाझी बैशाख २० गतेदेखि नै सम्पर्कविहीन छन् । news24