काठमाडौ भरी २४ घन्टा एम्बुलेन्स सेवा निशुल्क : मेयर शाह

काठमाडाैंमा एम्बुलेन्स सेवा निशुल्क पाइने भएकाे छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था मिलाइएकाे जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले आव्हान गर्दै लेखेका छन्, ‘काठमाडौंभरि चाैबिस घण्टा नै १ सय २ मा कल गरेर फ्रि एम्बुलेन्स सर्भिस लिन सक्नुहुन्छ ।’

महानगरपालिकाको यो कदमको धेरैले तारिफ गरेका छन् । कतिपयले यसलाई ‘सामाजिक लोकतन्त्र’को अभ्यास भनेका छन् ।