टोपबहादुर, भन्छन्- छोरा पक्राउ परेपछि मन बिग्रियो अनि फरार भएँ

नेपालीलाई भुटानी शरणार्थी प्रकरणका आरोपी तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतबाट पोरखा हुँदै काठमाडौँ फर्किएको आजको नयाँ पत्रिकामा समाचार छ ।

पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ ।

अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।