पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले कभर सिंगर शिवाना श्रेष्ठसँग ‘इन्गेजमेन्ट’ (टीकाटालो) गरेको खबर सार्वजनिक भइसकेको छ।
उनीहरूले यही जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्। उनीहरूबीच आगामी माघमा बिहे गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवानाचाहिँ को हुन्? धेरैलाई जिज्ञासा हुनसक्छ।
शिवाना श्रेष्ठ पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी हुन्। अर्थात् केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्।
शिवाना गायनसँगै सौन्दर्य सामग्री (ब्युटी प्रडक्ट) को व्यवसाय पनि गर्छिन्।