लोकप्रिय पत्रकार प्रकाश सुवेदीले पुजा शर्मालाइ दिए काउन्टर जवाफ!

नायिका पूजा शर्मा फिल्म क्षेत्रमा जति सफल छिन् त्यति नै विवादमा तानिँदै आएकी छिन् जसकारण पनि उनलाई विवादकी पर्याय भन्दा फरक नपर्ला । कन्ट्रोभर्सीले त उनलाई कहिल्यै पनि छोडेको हुँदैन। उनी बोल्दा पनि कन्ट्रोभर्सी, नबोल्दा पनि कुनै न कुनै विषयले विवादमा तानिनै हाल्छिन्। यो कुरालाई पूजालाई विवादको पर्याय बनाउँदै आएको छ ।

केही हप्ता अधि मात्रै अभिनेता भुवन केसीलाई एक सार्वजनिक कार्यक्रममा गाला मुसार्दै ‘यो त सब भन्नेकुरा न हो’ भनेको भिडियो क्लिप्स निकै भाइरल बन्यो। यस् विषयमा विभिन्न मिडियामा समाचारहरु समेत प्रकाशित भए।

चलचित्र पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आइरहेको लोकप्रिय कार्यक्रम ‘रजतपट’मा पनि यो विषयलाई समावेश गरियो। त्यसपछि झन् पूजाको उक्त विषय सबैलाई चासो लाग्न थाल्यो। यही विषयमा पूजाले आफ्नो अभिव्यक्ति राखेकि थिईन्। शुक्रबार एक अवार्ड कार्यक्रममा मिडियाकर्मीहरुसँग बोल्दै प्रकाश सुवेदीलाई ठाडो चुनौती समेत दिएकी थिईन्।

म मन पर्दैन भने, मेरो कुरा मन पर्दैन भने मेरो फोटो, कन्टेन्ट, न्युज प्लिज आइन्दा देखि नराखिदिनुहोला’ भन्दै पूजाले मिडियाकै अगाडि प्रकाश सुवेदीलाई ठाडो चुनौती दिएकी हुन्। आफूले कुन प्रसंगमा गरेको कुरा नबुझेर बोल्न अधिकार नभएको भन्दै आक्रोश पनि पूजाले पोखेकी छिन्। आफ्नो इगो, आफ्नो ठाउँमा राखेर आइन्दा आफूलाई कतैपनी नजोडिदिन र फोटो न्युज प्रयोग नगरिदिन पनि पूजाको सुवेदीलाई आग्रह रहेको छ।

यसैसन्दर्भमा प्रकाश सुवेदीले पनि पुजा शर्मालाई जवाफ फर्काएका छन् । भारतको एक लोकप्रिय अभिनेताको उदाहरण दिदैँ कला क्षेत्रमा रहेका हरेकब्यक्तिलाई रचनात्मक सुझाव दिन पाईने स्पष्ट गरेका हुन् । आफुहरु सत्तापक्ष र प्रतिपक्ष जूस्तै भुमिकामासमेत रहेको भन्दै सार्वजनिक ठाउँमा सार्वजनिक ब्यक्तित्वमाथी गर्ने ब्यबहारमा सुधार गरे राम्रो हुने उनले कार्यक्रम मार्फत बताएका छन् । पुजा शर्माले आत्मआलोचना गर्छिन की फेरि बौद्धिक पत्रकार सुवेदीमाथी आगो ओकल्छिन् त्यो भने हेर्न बाँकी छ ।


पुजा शर्मा र प्रकाश सुवेदीको विवादको आरम्भ अहिले भएको भने पक्कै होईन् । नेपालकी एक चर्चित हिरोईनी भएपछि ७७ जिल्ला र सात प्रदेश छन् भन्ने कुरा त थाहाँ हुनुपर्ने हो तर पुजा शर्मालाई त्यति पनि थाहाँ रहेनछ् । प्रकाश सुवेदीकै कार्यक्रमको त्यो अशंले पुजा शर्माको ज्ञानको स्तरमाथी हजारौं प्रश्नहरु उब्जिएका थिए । त्यतिबेला देखि नै पुजा शर्मा र प्रकाश सुवेदीको रस्साकस्सी वाकयुद्ध चलिरहन्छ । प्रकाश सुवेदी वौद्धिक र नेपाली टेलिभिजन क्षेत्रमा पृथक कार्यक्रम भित्र्याउने कुशल पत्रकारका नामले चिनिन्छन् ।


“उनले सुरुवात गरेको शैलीमा अहिले सयौँ कार्यक्रमहरु उत्पादन हुन थालेका छन्। उनलाई उत्प्रेरणाका रुपमा लिनेहरु पनि ठूलो संख्यामा छन् । फिल्म चल्न छोडेपनि पुजा शर्मा पनि अहिलेको पुस्ताकी ठिकठाक नायिका हुन् । बोद्धिक तथा कुशल पत्रकार प्रकाश सुवेदीले पुजा शर्माको असभ्य कामलाई लिएर रचनात्मक सुझाव बाहेक अरु केही गरेको देखिदैन्। धेरैको अपेक्षा थियो प्रकाश सुवेदी शोमा पुजा शर्माको विषयमा रचनात्मक सुझाव सहितका रिपोर्ट आएपछि पुजा शर्माले आत्माआलोचना गर्छिन भनेर । तर उनी उल्टै प्रकाश शुवेदीलाई चेतावनी दिदै हिडेकी छिन् जुन सभ्य समाजको आधारभुत मान्यताभित्र पदैँन् । वर्तमान परिदृश्यमा प्रकाश शुवेदी सो फिल्मी क्षेत्रमा मात्रै होईन नेपालको टेलिभिजन क्षेत्रको सबैभन्दा लोकप्रिय कार्यक्रम हो भन्ने कुरापुजा शर्माले बुझ्न जरुरी छ ।


फिल्मी पत्रकारिताका माध्यमबाट कलाक्षेत्रलाई सही मार्गमा डोर्याउन अहोरात्र कटिबद्ध सुवेदीमाथी पुजा शर्माको ब्यबहार कुन हदसम्म जायज छ त्योे दर्शकहरुले मुल्याकंन गरिनैरहेका छन् । चलचित्र विकास बोर्ड जस्तो सार्वजनिक संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भुवन केसीसँगको पुजा शर्माको ब्यबहार सार्वजनिक स्थलमा पाच्य देखिदैँन्। परिवारको जुनसुकै सदस्यले पनि यसरी सार्वजनिक ठाउँमा उभिएर जतिसुकै निकट भएपनि यस्तो ब्यबहार गर्दा नकारात्मक सन्देश प्रबाह हुन् जान्छ । त्यसकारण पुजा शर्माले प्रकाश शुवेदीको विद्धता र कार्यक्रममाथी प्रश्न उठाउनुअघि आत्मालोचना गर्नु वाञ्छनीय देखिन्छ ।


प्रकाश सुवेदीले दिएका रचनात्मक सुझावहरु आत्मसात गर्दै पुजा शर्मालेपनिआफुलाई सभ्य र सुसंस्कृत बनाउनु जरुरी छ अन्यथा समाजप्रतिको पुजा शर्माको कर्तब्य निर्वाह नहुन सक्छ र गलत सन्देश प्रवाह हुन्छ ।