शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतको निर्णय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर  रायमाझी र पूर्वसचिव टेक नारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने निर्णय सुनाएको छ ।

पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने जिल्ला अदालत काठमाडौंले निर्णय गरेको छ ।

कारागार चलान हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारीसमेत छन् ।

त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् ।