त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको प्रहरीले जनाएको छ।

विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ।

सुनको परिणाम एकिन हुन सकेको छैन। अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने एकिन भइनसकेको प्रहरी स्रोतले जनाएको छ।

राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार बुधबार साँझ सुन बरामद गरिएको हो। यस बिषयमा अनुसन्धान भइरहेको राजस्व विभागले जनाएको छ।