हाकिमको पापधुरीबाट करायो, महिलाले कोठाभित्रै डमरु बजाइदिइन्

काठमाडौं । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको अश्लील हर्कत भाइरल बनेको छ ।आफ्नो कर्तुत् लुकाउन निरौलाले प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरेका छन् । क्वार्टरका कोठाको भित्री भित्तामा पुरानो रङरोगन मेटाएर नयाँ रङ लगाएका छन् ।

एक महिलासँग क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि छानबिन हुने डरले प्रमाणको रूपमा रहेको कोठाको रङ परिवर्तन गरेको आशंका गरिएको छ । विगतमा रहेको हरियो रङ बदलेर उनले पहेँलो रङ लगाएका छन् ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रङरोगनको कुनै निर्णय गरेको छैन ।

नगर उपप्रमुख रेगिना भट्टराईले कोठामा निरौला आफैँले रङ लगाउन निर्देशन दिएको बताएकी छिन् ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले टिकटक लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि जनस्तरबाट उनीमाथि कारबाहीको माग भएको छ ।

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । उनले क्वार्टरभित्रका कोठाको रङ परिवर्तन संयोग मात्र भएको बताए ।

घटना सार्वजनिक भएपछि दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत निरौला आइतबार कार्यालय गएनन् । मौखिक जानकारी दिएर आइतबार कार्यालय नआएको नगरपालिका स्रोतले जनाएको छ ।

दमक नगरपालिकाका १५ जना कार्यपालिका सदस्यले नगरप्रमुख रामकुमार थापा घटनालाई बेवास्ता गर्दै ढाकछोप गर्न लागिपरेको आरोप लगाएका छन् ।

आइतबार विज्ञप्ति निकाल्दै उनीहरूले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई हाजिरीमा रोक लगाउँदै कार्यालय प्रवेशमा समेत रोक लगाउन माग गरेका छन् ।

भिडियोमा देखिएकी महिला मदिराले लठ्ठ परेको अवस्थामा देखिएकी छिन् । उनको जिब्रो पनि लरबरिएको छ । भिडियोमा उनीहरू निकै अश्लील हर्कतमा देखिएका छन् । महिलाले निरौलालाई पति भनेर चिनाएकी छिन् । सामाजिक सञ्जालमा महिलाले निरौलाको डमरु बजाएको चर्चा छ । उनीहरूको पापधुरीबाट करायो भनेर टिकाटिप्पणी आएका छन् ।