पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पहिरो खसेको प्रहरीले जनाएको छ ।
स्कार्पियोमा रहेका ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । तीमध्ये सवारी चालक सामान्य घाइते भएका छन् । अरु सात जनाकाे घाइतेकाे उपचार भइरहेकाे छ ।
घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय यामबहादुर बोहोरा, पोखरा महानगरपालिका २५ का २९ वर्षीय विनोद तिम्सिना र गुल्मीको रेसुंगा नगरपालिकाकी ५० वर्षीया मनकला चुँदाराको मृत्यु भएको छ ।
घाइतेहरूको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको सूचना अधिकारी थापाले जानकारी दिए ।