टिकट नपाएका भीम रावलको प्रतिक्रिया-आज म बोल्दिनँ, भोलि बोल्छु

काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले भीम रावललाई टिकट दिएन ।अछाम-१ मा चुनाव लड्नेगरि एकल नाम सिफारिश भएका रावललाई अन्तिम समयमा आएर पार्टीले उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

रावलको ठाउँमा पार्टीले झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ। रावलले भने यसबारेमा आफूले आज केही प्रतिक्रिया नदिने बताएका छन् । उनले सबै कुरा बुझेर भोलिमात्रै प्रतिक्रिया दिने स्पष्ट पारे । file photo

यस्तै नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् ।

यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ ।

पछिल्लो सचिव भट्टराई भने अध्यक्ष ओलीसँग नजिकिएका थिए । उनी ओलीको चर्को समर्थकको रुपमा देखिएका थिए । एमालेले तिलकुमार मेनेङ्बोलाई प्रदेशसभामा उठाउने निर्णय गरेको छ ।