केपिले हजार गल्ती गर्दा पनि बा सहि हो भनेको भए मैले टिकट पाउथे : भिम रावल

काठमाडौँ। अछाम १ मा एकल रुपमा सिफारिस भएर पनि टिकट नपाएका एमाले नेता भीम रावलले केपिले हजार गल्ती गर्दा पनि सहि हो भनेको भए टिकट पाउने बताएका छन अहिले यस बिषयमा कुनै बिस्तृत प्रतिक्रिया नदिने बताएका छन् ।

‘मैले अहिले हेरिरहेको छु कुरा बुझिरहेको छु’ उनले नेपाल प्रेसलाई भने ‘अहिले कुनै प्रतिक्रिया दिन्न ।’अछाममा रावलको नाम सिफारिस भएपनि झपट बोहराले टिकट पाएका छन् । बोहरा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

नेकपा विभाजन पछि अर्थमन्त्री छोडेर एमालेमा बसेका बोहरा अहिले अछाम इन्चार्ज पनि हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नाम सिफारिस गर्दा आफू कुनै क्षेत्रमा नलड्ने र पार्टी जिताउने बताएका बोहरालाई पार्टीले टिकट दिएको छ । यस विषयमा रावलले भने समय आएपछि प्रतिक्रिया दिने बताएका छन् ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए । दशौँ महाधिवेशनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लाहकार पद स्वीकारेका छैनन् । सञ्चारकेन्द्र