काठमाडौंमा यस्तो काम गरेर महिनाको लाखौ कमाउछिन यी युवती.. काम गरेर खान के को लाज

उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्नु हुन्छ ।दिउँसो कलेज पढ्नुहुन्छ । जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो । उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले य सरी चिया बेच्न थालेको १ बर्ष भयो ।

त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँनुहुन्छ र १ लाख जोगाउँ नुहुन्छ ।आफ्नो भाई पढाउन र आफू पढ्न उहाँ राज धा नीमा मेहेनत गरिरहनुभएको छ ।काम सानो ठूलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचा र बोक्नु भएकी सरिता धेरै युवाहरुका लागि प्रेरणाको स्रोत पक्कै हो ।

असन र त्यस वरीपरी उहाँलाई धेरैले ‘सुन्दरी चिया वाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उहाँको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उहाँलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको उहाँ बताउँ नुहुन्छ ।

४ बर्ष अगाडि काठमाडौं आउनुभएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढ्नुभयो । बिस्तारै उहाँको परिवारलाई उहाँ र उहाँको भाईलाई पढाउन गाह्रो हुदै गएको सरिताले देख्नुभयो ।

कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उहाँले चिया बेच्ने निर्णय लिनुभयो । आफ्नो र भाईको पढाई जसरीपनि पूरा गर्ने उहाँले अठोट लिनुभयो ।

त्यसअघि उहाँले असन घुम्दै जाँदा अरु चिया बेच्ने हरुलाई देख्नुभएको थियो । बिदेश जानलाई बिदे शी भाषा कक्षा पनि लिईरहनुभ एकी सरिताले भा षा कक्षा छोड्नुभयो र चिया बेच्न थाल्नुभयो ।

उहाँको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिन मै ४०० कप चिया बेच्ने उहाँले सुरुको दिन भने ४ सय रुपैंया कमाउँनुभयो ।

चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफूलाई नराम्रो हिसाबले जिस्काउने गरे को पनि उहाँको गुनासो छ ।

तर उनीहरुलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ है भन्दै सम्झाउँदै अघि बढिरहेको उहाँको भनाई छ ।