एमालेले उम्मेदवार नबनाएपछि रिसाइन् नायिका तथा एमाले नेतृ करिश्मा मानन्धर !

काठमाडौं – अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले लेखेको एक पोस्ट अहिले भाइरल बनेको छ । उनले लेखेको पोस्टलाई धेरैले एमालेले उम्मेदवार नबनाएपछि उनले पोखेको असन्तुस्टि बुझेका छन् ।

उनले लेखेकी छन् ‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ ।

करिश्माको उक्त पोस्ट त्यसतर्फ उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि तथा आफुलाई उम्मेदबार नबनाउनु तर्फ लक्षित छ । करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर ८१ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ ।

म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’यसो त करिश्मा धेरै जसो चर्चा र विवादमा आउने नायिका पर्छिन् । आफुलाई चित्त नबुझेको कुरा सामाजिक संजलमा लेख्ने उनको आदत नै बसेको छ ।