काठमाण्डाै – कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो।
वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।