हरियो सारीमा धपक्क बलेकी आँचल शर्मा (फाेटाे फिचर)

नेपाली फिल्मका चर्चित अभिनेत्री आँचल शर्माको निजी जीवन पनि निकै चर्चामा हुन्छ ।उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । र हालै प्रदशनमा आएकाे ‘झिंगे दाउ’दर्शकहरूले रूचाएपछि भने आँचल एकाएक स्टार भइन् ।

No description available.

६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् । उनको नयाँ फिल्म ‘झिंगे दाउ’ ले राम्रै सफलता पायो ।

आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने गर्छ । उदीप श्रेष्ठसँग विवाह गरेयता आँचलको सक्रियतामा कमी छैन ।

No description available.

स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को सफल्ता पछि आँचल अहिले केहि समयकाे लागि ब्रेक लिगेर दुबाइमा छुटि मनाउन पुगिन्। उनी दुबाइकाे मरुभूमिमा रमाइरहेका तस्वीरहरूले राम्रैचर्चा पाए ।

पछिल्लो समय भने उनी चितवन पुगेर दशै मनाएका तस्बिर साझा गरेकी छन्।