तिम्ल्याहा बच्चा जन्माएकी कविता को हुन् ?

वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा सोमबार दिउसो १ बजे पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी २५ बर्षीया कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा. प्रमोदकुमार सर्राफले जानकारी दिए । डा. सर्राफका अनुसार छोरीको तौल १.४ केजी र छोराहरुको तौल क्रमश १.८ र १.५ केजी रहेको छ ।

उनले आमा र जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको जानकारी दिए ।

उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।