लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।
काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।
लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।
…बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्ती बाट बिदा हुनु भयो । दशैको टिका लगाउदा भन्नु भाथ्यो अर्को सालको दशै म नहुन पनि सक्छु भनेर ! सायद हजुर लाइ थाह थियो होला यि कुरा तर मलाइ भन्नु भएन किन? जे होस् मेरो बुवाको जेठो छोरा म … मेरो बुवा को अधुरा सपना हरु सके सम्म पुरा गर्नेछु । म बाट सदाको लागी बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तीको कामना बुवा हजुर ! मरन सत्य छ तर म सङ्ग झझल्को र आसु बाहेक केहि छैन बुवा!!!