फुटबलर बिमल र लिना प्रेम सम्बन्धमा, को हुन् उनी ? (फोटो फिचर)

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

उनले एक तस्विर राख्दै स्ट्याटसमा आफ्नो प्रेमिका लिना प्रधानलाई निक्कै सम्झिरहेको उल्लेख गरेका छन् ।यस विषयमा विमललाई प्रश्न गर्दा लिना आफ्नो प्रेमिका रहेको बताए ।

सो पोस्टमा विक्रम लिम्बुले ‘तपाईहरूको प्रेम सफल होस्, चाँडै विवाह खान पाउ’ भन्दै कमेन्ट गरेका छन्। उक्त कमेन्टमा विमलले धन्यवाद दिएका छन् । कमेन्ट र रिप्लाई दुवैमा लीना प्रधानले लाइक गरेकी छिन्।लीनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी छन् ।

यता विमलले फेसबुकको उक्त पोस्ट इन्स्टाग्रममा पनि राखेका छन् । जसलाई लिनाले पनि सेयर गरेकी छन् । लीना माल्दिभ्समा बस्दै आइरहेको उनको इन्स्टाग्राम पोस्टमा प्रष्ट देखिन्छ । उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रूपमा कार्यरत रहेकी छन् ।

बिमल गत बर्ष पुषमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा चोटिल भएका थिए । उनको दाहिने घुँडामा गम्भिर चो ट लागेको थियो ।कतारमा लामो सयमको उपचारपछि बिमल गत असोजमा स्वेश फर्किएका थिए ।

ईटहरी निवासी लिना र विमल लामोसमय देखि प्रेम सम्बन्धमा रहँदै आएको पनि विमलले बताए ।उनी अहिले काठमाण्डौंमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविकको विजेता टोलि मच्छिन्द्र क्लबबाट फुटबल खेलिरहेका छन् ।उनी लामो समयपछि घु्डाँको चोटबाट मुक्त हुँदै घरेलु फुटबलमा फर्किएका हुन् ।

बिमल उपचारका लागि गत माघ ३ गते कतारको दोहा गएका थिए । उनी कतारस्थित एस्पेटारमा विशेष ओर्थोपेडिक र खेलकुद चिकित्सालय अस्पतालमा उपचारपछि नेपाल फर्किएका हुन् ।फरवार्ड बिमलले गत सिजनको लिग मच्छिन्द्रबाटै खेलेपनि सबै खेल भने खेलेका थिएनन ।