काठमाडौं महानगरपालिकाले पछिल्लो समय मापदण्ड,विपरीतका संरचना खोजी–खोजी भत्काइरहेको छ । भवन निर्माण गर्दा सडक र फुटपाथ ओगटेका संरचनामाथि निरन्तर डोजर चलिरहेको छ ।
दुर्भाग्य ! अरूमाथि कारबाही गर्ने जिम्मेवार निकाय महानगरले नै आफ्नै भ,वन निर्माणमा भने मापदण्ड लत्याएको छ । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा सूचना केन्द्र स्थापना गर्ने गरी महानगरले बनाएको तीनतले भवन मापदण्डविपरीत रहेको पाइएको हो ।
मंसिर ०७७ देखि उपभोक्ता समितिमार्फत ‘सहरी सूचना केन्द्र भवन’ निर्माण सुरु गरिएको थियो । उक्त भवन निर्माणमा हालसम्म ९० लाख रुपैयाँ खर्च भइसकेको महानगरले जनाएको छ । महानगरले अब उ,क्त भवन भत्काउने तयारी गरेको छ । भवन भत्काउने भएपछि महानगरको लाखौँ रुपैयाँ बालुवामा पानी हालेसरह हुने भएको छ ।
भवन मापदण्डभित्र नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन : नवीन मानन्धर, प्रवक्ता कामपा
हामीले अहिले अरूका मापदण्ड,विपरीत बनेका भवन भत्काउँदै हिँडेका छौँ । तर, महानगर आफैँले बनाएको भवन मापदण्डमा नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन ।
भवन बनाउँदा सडकलाई छाड्नुपर्ने भाग नछाडी निर्माण ग,रेकाले उक्त भवन भत्काउनुपर्ने देखिएको हो । महानगरका मेयर बालेन्द्र साह नै उक्त भवन मापदण्डविपरीत रहेको र उपयोगी पनि नदेखिएकाले भत्काउन कस्सिएका छन् । मापदण्ड ख्याल नगरी भवन बनाउँदा लाखौँ रकम व्यर्थै खर्च भएको महानगरका प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।
उनका अनुसार तीनतले भवनको एक तलामा महा,नगरको सूचना केन्द्र राख्ने, भुइँतलामा ६ वटा सार्वजनिक शौचालय निर्माण गर्ने र अर्को एक तलामा महानगरीय प्रहरी वृत्त बालाजुलाई दिने गरी निर्माण गरिएको थियो ।
तत्कालीन मेयर विद्यासुन्दर शाक्यले हचुवाका भर,मा भवन निर्माण गर्दा भवन नै काम नलाग्ने भएको छ । ‘मापदण्डविपरीत बनेका अरूका भवन भत्काउँदै हिँडेका छौँ, तर आफैँले बनाएको भवन मापदण्डअनुसार नरहेकाले मेयरसाबलाई चित्त बुझेको छैन,’ प्रवक्ता मानन्धरले भने, ‘यो भवन बनाउँदा सडक मापदण्ड ख्याल गरिएनछ ।’
उनका अनुसार तीन तलासम्मको ढलान गर्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको छ । यसको फिनिसिङसमेत गर्दा करिब तीन करोड खर्च हु,न्छ । तर, मेयर साहले भवन फिनिसिङ नगर्न वडा नम्बर १६ लाई निर्देशन दिइसकेका छन् ।
एक वर्षदेखि भवन निर्माण ठप्प
०७७ सालमा तत्कालीन मेयर शाक्यले उपभोक्ता समि,तिमार्फत भवन निर्माण गरेका थिए । एक वर्षअघि नै ९० लाख बजेटमा समितिले तीन तलासम्म ढलान गरेको थियो । महानगरले छुट्याएको बजेट सकिएपछि उपभोक्ता समितिले एक वर्षदेखि काम रोकेको थियो । तर, बाँकी रकम दिने र फिनिसिङको काम गर्नेबारे महानगरले चासो नदिँदा भवन एक वर्षदेखि अलपत्र छ ।
भवन निर्माण गर्दा खर्च भएको ९० ला,खमध्ये १५ प्रतिशत लगानी स्थानीयले गरेका छन् । उनीहरूलाई भवनभित्र रहेको सार्वजनिक शौचालयको जिम्मा दिने र त्यसबाट उठेको रकम संकलन गर्न दिने सहमति भएको थियो ।
यो भवन करिब चार आना क्षेत्रफल,मा बनेको छ । भवन बालाजुपार्क क्षेत्रभित्र पर्छ । भवनले सडक क्षेत्र मिचेकाले मेयर साहले त्यसलाई भत्काउने बताउँदै आएका छन् । ‘त्यतिवेला जुन उद्देश्य राखेर भवन बनाए पनि अहिले महानगरको विचार र उद्देश्य फरक भएको छ,’ प्रवक्ता मानन्धरले भने, ‘त्यत्रो रकम खर्चेर बनाएको भवन भत्काउन त नहुने हो, तर सडक मापदण्ड मिच्यो ।’
करिब १५ वर्षअघि बालाजु सडकखण्ड चौ,डा पार्न यही क्षेत्रमा बनेका ६० भन्दा बढी निजी घर–टहरा भत्काइएका थिए । सोही जग्गामा महानगर आफैँले मापदण्डविपरीत सहरी सूचना केन्द्र भवन बनाएको हो ।