अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाएकी छन्। महानगर प्रहरीले ठेलाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नै प्रश्न उठाएकी हुन्।
फेसबुकमा लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हु। महानगर सफा हुनुपर्छ सहि हो। हामीले आफ्ना करोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सहि हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ।’
उनले स्वतन्त्रबाट जितेर मेयरलाई लक्षित गर्दै भनेकी छन्, ‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन। हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो। यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ।’