नेपाली फिल्म जगतका अभिनेता निश्चल बस्नेत घण्टीको पक्षमा खुलेका छन् । उनले घण्टीबाट उठेका एक उम्मेद्ध्वारको भिडियो शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा भोट हाल्ने संकेत दिएका छन् ।
नेपाली चलचित्रका चर्चित निर्देशक एवं कलाकार निश्चल बस्नेत आफ्नो सामाजिक सन्जालमा सामाजिक , राजनितिक एवं फिल्म क्षेत्रका बिभिन्न बिषयहरु पोष्ट तथा शेयर गरिरहन्छन् । नेपालको राजनिति युवाले लिनु पर्छ भन्दै उनि लामो समय अघि देखि सोसल मिडियामा लेख्दै आएका छन् ।
निर्देशक बस्नेतले भर्खरै मनिष झा को एक भिडियो सार्वजनिक गर्दै यस पटक समानुपातिक तर्फको भोट घण्टीलाइ भन्दै पोष्ट गरेका छन् । कुनै पनि कलाकारले यो चुनाव चिन्हमा भोट हाल्छु भनेर बिरलै भन्ने गरेका छन् । तर निश्चल बस्नेत भने खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टीलाइ भोट हाल्छु भनेर सामाजिक सन्जालमा लेखेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै निर्देशक बस्नेत लेख्छन् हो हामीलाई मनिष झा जस्तो व्यक्ति र सोच लाई सदन मा पुर्याउनु छ । परवर्तन सम्भव छ । योग्य व्यक्तिलाई चुन्ने मौका यहि मंसिर ४ । समानुपातिक बाट “घण्टी“ चिन्हमा हो छाप लगाउने ।।।। यस्तो मौका अर्को ५ वर्ष आउँदैन यदि यो पल्ट पनि पुरानै गल्ती फेरि गर्यौं भने ।
यस अघि पनि बस्नेतले बिसौ बर्ष सत्तामा बसेर पनि केहि नगर्नेलाइ भोट हालिन्न भनेर स्टाटस लेखेका थिए । पछिल्लो समय युवा पुस्तापनि राजनितिमा आर्कषित हुदै आएका छन् भने मतदाता युवाहरु पनि युवालाइ नै छान्ने भन्दै आवाज उठाइरहेका छन् ।
यस्तो छ चर्चित अभिनेता निश्चल बस्नेतको स्टाटस