डडेल्धुरामा प्रधानमन्त्रीलाई स्वागत गर्न सागर ढकाल माला लिएर लाइनमा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।

देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुग्नुभएको हो । उहाँ डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रममा सहभागी हुनुहुनेछ ।

देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ । देउवाको खरो आलोचना गर्ने र उहाँकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ ।

अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताउनुभएको छ ।

तस्बिर : सामाजिक सञ्जाल