रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन् ।
रुपन्देहीमा अहिले मतगणना जारी छ । मतगणना नसकिँदै बोहोराले संख्यात्मक जीत हासिल गरेका हुन् । पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी रहेको छ । बोहोराले २,९०० को अग्रता लिइरहेका छन् ।