काठमाडौँ ।
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् ।
एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ ।
“म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन,” पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने । उनले भने, “मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो ।
अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।”
१४ वर्षको उमेरमा केलियन एमबाप्पेले आफ्नो सुत्ने कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर लगाएका थिए । केलियन एमबाप्पेको सुत्ने कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्बिर लगाइएको थियो एमबाप्पेको रियल र विशेष गरी रोनाल्डोप्रतिको प्रेम १४ वर्षको उमेरमा पेरिसको उपनगर बोन्डीमा रहेको उनको घरमा खिचिएका तस्बिरहरूबाट प्रस्ट हुन्छ।
उनी इन्टरनेटमा रोनाल्डोको भिडियो हेरेर घन्टौ बिताउने गदर्थे। एम्बाप्पेका बुबा विल्फ्रेडले यसअघि रोनाल्डोको लागि आफ्नो छोराको प्रशंसाको कुरा गरेका थिए। ‘उनी रियल म्याड्रिडका फ्यान हुन् र उनको आइडल क्रिस्टियानो रोनाल्डो हुन्,’ उनले गत वर्ष फ्रान्स फुटबललाई भनेका थिए। एमबाप्पे २०१५ मा १६ वर्षको उमेरमा मोनाकोको सबैभन्दा कान्छो पहिलो टोलीका खेलाडी बने र त्यसपछि १७ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने।