थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा निराकार पाण्डेको दुःखद निधन भएको छ । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो । होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो।
आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृ’ त्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मृ’ त्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
को’ रोना संक्रमणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आगो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए।
होटलमा आगो लागिरहँदा १२औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइबरमा कुराकानी गर्न भ्याए।
आफन्त, साथीभाइ र कतिपय सञ्चारमाध्यमलाई भाइवर र ह्वाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू संकटमा फसेको र बाँच्न सक्ने अवस्था नरहेको बताएका थिए।
‘उसले आगो नियन्त्रण नभए हा’ म्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिनँ’, मृ’ तकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पीडादायी अवस्था कसैले सोच्नु र सामना गर्नु पनि नपरोस्।