मुख र मलद्वारको काम चिन : गायिका समिक्षा अधिकारी

काठमाडौँ – लोक गायीका पछिल्लो दिनहरुमा दर्शकप्रति आक्रोशित भैरहेको छिन । उनले आफ्ना आक्रोशहरु सामाजिक संजालमा पोखिरहेकी छन् । आज पनि उनले आक्रोशपूर्ण स्टाटस लेखेकी छन् । उनले मुख र मलद्वार छिन्न समेत आग्रह गरेकी छन् ।

उनले भनेकी छन् – बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै यु’ द्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।

यो पनि – मोडलबाट नायिका बन्न लागेकी निती शाहले चाँडै नै अभिनयको क्लास लिने बताएकी छिन् । उनले, एक शोजमा आफू चाँडै नै अभिनयको क्लासमा जोडिने तयारीमा रहेको बताइन् । निती मोडलिङमा चर्चामा छिन् । उनी, प्रेम चर्चाका कारण पनि खबरमा रहन्छिन् ।

तर, अब भने उनी पूर्ण रुपमा फिल्ममा केन्द्रित हुने तयारीमा छिन् । यसका लागि उनले अभिनयको क्लास लिन लागेकी हुन् । तर, नितीले २ वटा फिल्म साइन गरे पनि दुवै फिल्मको अत्तोपत्तो छैन । किनकी, उनले सन्तोष सेनले बनाउन लागेको फिल्म ‘हुतुतु’ र मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ साइन गरेकी छिन् ।

तर, यी दुवै फिल्मको काम सुरु हुने कहिले हो पक्का छैन । निती भने आफूलाई फिल्मका लागि तयारी अवस्थामा राख्ने सोचमा छिन् । कुनै समय फिल्ममा काम नै गर्दिन भनेर मोडलिङमा व्यस्त बनेकी नीति अन्ततः फिल्ममै करिअर खोजिरहेकी छिन् ।

यो पनि पढ्नुस – बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोरा नेपाल आइ पुगेकी छिन् । उनी, आज बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी थिइन् । लगतै, उनलाई आयोजकले काठमाडौंको दरबारमार्गमा रहेको याक एन्ड यति होटलमा लगेको थियो ।

यही होटलमा आज मलाइका एक फेसन शोमा सहभागी हुनेछिन् । नेपाल रत्न तथा आभूषण संघले आयोजन गर्न लागेको फेसन शोमा उनी नेपाल आएकी हुन् । उनी, आज बेलुकी शो स्टपरको रुपमा फेसन शोमा सहभागी हुनेछिन् । मलाइकाले नेपाल आउन पाउँदा निकै खुशी भएको बताइन् ।

यसपटक, उनको नेपाल बसाई लामो भने हुनेछैन । तर, नेपालमा रहँदा यहाँको संस्कृति, कला, फिल्मको बारेमा बुझ्ने उनको भनाई छ । मलाइका यस अगाडि पनि नेपाल आएकी थिइन् । यसपटक भने उनले नेपाली गरगहना लगाएर स्टेजमा प्रस्तुत हुनेछिन् ।