पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान १०:३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो।
उक्त जहाज ११ बजे दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।दुर्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको उनले बताए।
यस्तै अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिसकेको केसीले बताए। ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ।
यस्तै काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
सेतोपाटीलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्। जसमा ४१ जना महिला र २७ पुरूष छन्। सेतोपाटी