दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार , विमान चड्नु अगाडि लेखेकि थिन यस्तो पोस्ट

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।दु’ र्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् ।उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी हालसम्म ३६ जनाको मृ’ त्यु भएको पुष्टि भएको छ । सेती नदीको खोचबाट श’ व निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।केसीका अनुसार श’ वलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृ’ तकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ। एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ।

छिमेकी दाइभाउजु भने जहाज दु’ र्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दु’ र्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।मेरो घरबाट ५ मिनेटको दूरीमा दु’ र्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए।

जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही श’ वहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं। केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले। मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।

जहाज ल्याण्ड गर्ने क्रममा दु’ र्घटना हुन पुगेको देखिन्छ। जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दु’ र्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दु’ र्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका श’ व निकाल्दै छन्। त्यस्तै काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दु’ र्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दु’ र्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ उनले भने,’ठूलो आवाज आयो ।’दु’ र्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दु’र्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।

जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

यसैबीच पोखरामा यति एयरलाइन्सको विमान दु’ र्घटना भएपछि गृहमन्त्री रवि लामिछानेले उद्धारमा खटिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दु’ र्घटना

भएपछि उहाँले उद्धारमा खटिन निर्देशन डेका हुन् । गृहमन्त्री लामिछानेले दु’ र्घटना प्रति दुःख व्यक्त गरेका छन् । गृहमन्त्री लामिछाने अहिले केहीबेरमा पोखरा जादैछन ।पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।