पोखरा । आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सका यात्रुहरुको थप विबरण आउने क्रम जारी छ । दुर्घटनामा परेको विमानमा डाक्टर, पत्रकार, संगीतकार, लगायत सर्वसाधारणहरु सवार थिए ।
जसमध्ये विदेशबाट आएका यात्रुहरु पनि थिए । जसमध्ये पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट र उनकी पत्नि अनुष्का गुरूङ अष्टेलियादेखि काठमाडौं आएर विबाह दर्ता गर्ने योजनामा पोखरा जाँदै थिए ।
तर उनीहरुको घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने सपना आकाशबाटै अस्तायो । उनीहरुले पोखरा पनि टेक्न पाएनन् । दुई मुटु दुईतिर भएर नबस्ने भन्दै यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने योजना बनाएर जन्मभूमि आएका उनीहरुले २ विवाह गरेका थिए । विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन् भने शिवको अमेरिकामा व्यापार ।
छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए । उनीहरुलाई माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना रहेको अनुष्काको परिवारको तयारी थियो ।