पोखरामा रमाइरहेका युवालाई वालिङ पुगेर फुटबल हेर्ने रहर जागेपछि…

काठमाडौँ– बिहीबार दिउँसो स्याङ्जामा पाँच दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगितामा सेमिफाइनल खेल चलिरहेको थियो।

सोही बखत पोखराबाट केही युवाहरु प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टरमार्फत दिउँसो स्याङ्जाकाे वालिङमा २ः२४ मा अवतरण गरे। यात्रुले दिएको जीपीएस कोर्डिनेट अनुसार हेलिकोप्टर अवरण भएको थियो ।

हेलिकोप्टर अकस्मात वालिङको फुटबल मैदानमा अवतरण गरेपछि भने त्यहाँका स्थानीय आक्रोशित बने । त्यसक्रममा क्याप्टेन रानेश डंगोलमाथि उनीहरुले कुटपिट गरी घाइते समेत बनाए ।

उक्त घटनाप्रति वायुसेवा सञ्चालक संघले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ । संघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन समेत माग गरेको छ ।