कोरस डान्सर ढल्दा ‘प्रसाद २’ टीमले बेवास्ता गरेको गिभिनाकाे आरोप, विपीनकाे जवाफ

पोखराकी सामाजिक कार्यकर्ता तथा शिक्षिका गिभिना मगरले आज सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै चलचित्र ‘प्रसाद २’ को युनिटमाथि गम्भीर आरोप लगाएकी छन् । सो चलचित्रको सुटिङका दौरान बे-होस भएर ल-डेकी एक कोरस डान्सरको नाजुक स्थिति हुँदा पनि टीमका कसैले सहयोग नगरेको उनको भनाइ छ ।

‘प्रसाद २’ का कलाकारहरु केकी अधिकारी, विपीन कार्की, अर्पण थापा र निर्देशक-निर्माताको रवैयामाथि प्रश्न उठाउँदै मगरले सो भिडियो पोष्ट गरेकी हुन् । उनका अनुसार ‘प्रसाद २’ को टीमको ला-परबाहीका कारण कोरसमा नाच्ने सपना नाम गरेकी एक ब्याक डान्सर अहिले गण्डकी अस्पतालमा भर्ना भएकी छन् । समयमा अस्पताल नलगिएका कारण उनको एक खुट्टा र एक हात नचल्ने भएको उनको दाबी छ ।

टीमको एक सदस्यलाई आपत् पर्दा मद्दत गर्न नसकेको भन्दै उनले चलचित्रको सम्पूर्ण टीममाथि नै औंला उठाएकी छन् ।
‘छोरी मान्छे भएर छोरी मान्छेको मर्म र समस्या नबुझेको देख्दा दुःख लागेको छ’, उनले अभिनेत्री केकी अधिकारीको नामै लिएर भनेकी छन् ।उनको सो भिडियोमा आएका अधिकतम कमेन्टहरुमा केकीको आलोचना गरिएको छ । कतिपयले ‘प्रसाद २’ नै बहिष्कार गर्नुपर्ने कुरा उठाइरहेका छन् । गिभिनाको सो भिडियोमा कोरस डान्सरलाई भिडियो छायाँकनको दौरान खाना समय नदिएको दाबी गरिएको छ ।

उनले भनेकी छन्, ‘त्यो दिन हामीलाई खाना समयमा भएन । कति भोक लाग्यो भन्दा पनि उहाँहरुले वास्ता गर्नुभएन । बिहानको खाजापछि एकैचोटि ३ बजे चिया बिस्कुट दिनुभयो । त्यति खाएर हामी दिनभरि नाच्यौं । बिहानको खाना पनि बेलुका ५ बजे दिनुभयो । हामीलाई रेस्ट पनि भएन ।’

गिभिनाले लगाएको आरोपबारे हामीले चलचित्रका निर्देशक–निर्मातासँग कुराकानी गर्न खोज्यौं । तर, उनीहरुको फोन रिसिभ भएन । अभिनेत्री केकी अधिकारीको पनि फोन रिसिभ नभएपछि हामीले अभिनेता विपीन कार्कीसँग सम्पर्क गर्‍यौं । उनले गिभिनाको आरोप अस्वीकार गरेका छन् ।

यस्तो छ विपीनको भनाइः

यो ४-५ दिन अगाडि ल्वाङ गाउँमा भएको घटना हो । उहाँ सेटमा लड्नुभएको होइन । त्यो दिन हाम्रो चलचित्र छायाँकनको अन्तिम दिन थियो । अन्तिम दिन प्रायः जता पनि बस्ने, खाने अनि रमाइलो गर्ने माहोल हुन्छ । साँझमा उहाँहरु पनि सबै काम सकिएपछि त्यसरी नै बसेर रमाइलो नाचगान गर्दै हुनुहुन्थ्यो ।

उहाँ नाचगान गर्दागर्दै ढल्नुभएको हो । मैले प्रत्यक्ष रुपमा उहाँ ढ-लेको देखेको पनि हैन । यो घट-ना घट्दा म त्यहाँ उपस्थित नै थिइनँ । मेरो पर्सनल काम भएकाले गर्दा म सुट सकिनेबित्तिकै त्यहाँबाट निस्किएँ । घटना घटेको भोलिपल्ट बिहानैपख मलाई खबर आएको थियो । मैले बुझेसम्म उहाँ ढ-लेपछि हाम्रो प्रोडक्सन टीमले नै उहाँलाई अस्पताल पुर्‍याउनुभएको हो । उहाँलाई गोरमुख भन्ने ठाउँको अस्पताल लगेर स्लाइन चढाएपछि उहाँ अलि निको हुनुभयो ।

खासमा के भएको हो भन्ने कुरा त्यहाँ पत्ता नलागेपछि उहाँहरुले त्यो बहिनीलाई गण्डकी अस्पताल लैजान सुझाव दिनुभएको थियो । त्यो समयसम्म पनि हाम्रो प्रोडक्सन टीम त्यहीँ हुनुहुन्थ्यो । त्यसपछि के भयो भन्नेबारे म अनभिज्ञ छु । एक्कासि यस्तो-उस्तो, केही गरेन, मानवता छैन भन्ने कुराहरु आयो । म आफैं चकित छु । यो सरासर फेक हो ।

उहाँ ढ-लेपछि अरु कोरसका साथीहरुले उहाँलाई चिसो पानीले नुहाइदिनुभएछ । भोलिपल्ट के भएको हो भन्दा ‘खाना ढिलो भएर हो’ भन्नुहुन्थ्यो । सायद यो घटना घट्दा सुर्दशन थापा दाइ पनि त्यहाँ हुनुहुन्थ्यो । किनकि यो गीतको सुट भएको वेलाको कुरा हो । गीतको सुटमा प्रायः दाइ बस्नुहुन्न । तर, घटना घटिसकेपछि भने हामी सबैजना एकसाथ बसेर यसबारे बुझेका चाहिँ थियौं ।

उहाँ हाम्रो कोरसको बहिनी हुनुहुन्थ्यो । पोखराबाट उहाँहरुलाई बोलाइएको थियो । डान्सर भाइबहिनीलाई बोलाउँदा हाम्रो गुरुहरुले बोलाउनुहुन्छ । त्यसैले हाम्रो यसतर्फ त्यति ध्यान नै जाँदैन । त्यहीमाथि हामी विभिन्न ठाउँमा पुगेर सुट गरिराख्ने मान्छे, ठाउँअनुसार सयौं मान्छे भेट्नुपर्छ । कोरसमा झन् कति हुन्छन् । साँच्चै भन्ने हो भने मलाई अहिले पनि राम्ररी त्यो बहिनीको अनुहार याद छैन । यो खबर सुनेपछि मैले आफैँ को रहेछ भनेर खोजेर एउटा तस्विर हेरेको थिएँ । मलाई उहाँको नाम पनि थाहा छैन । nipolnews.com/ बाट