कम्बोडियामा मृत्यु भएका निराकार पाण्डेको शव आज उनको घरमा आइपुगेको छ थाइल्यान्डस्थित नेपाली राजदूतावासबाट उनको लाश नेपाल झिकिएको हो उनलाइ अन्तिम विदाइ गर्न विर्तामोडस्थित उनको घरमा हजारोंको भिड लागेको छ।
कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो यसैबीच निराकारका बुबा अग्नि प्रसाद पाण्डेले. लेखेका छन
“धन्यवाद व्यक्त गर्दछु कम्बोडियाको होटलमा मिति २०७९/९/१४ गते दुर्घटनामा परि मृत्युवरण गरेको मेरो साहसिक प्रत्येक परिवारमा आचरण शिक्षा दिई बिदा भएको मेरो माईलो छोरा स्व. निराकार पाण्डे (बिपिन) को शव नेपाल ल्याउन प्रमुख सहयो गर्ने नेपाल सरकार, प्रतिनिधि सभा सभामुख सम्माननिय देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमंत्रि केपि शर्मा वलि, माननीय
अग्नि प्रसाद खरेल, माननीय धर्मशिला चापागाई थाईल्याण्ड स्थित नेपाली दुताबास, परिवार का हाम्रा काका होम प्रसाद पाण्डे (उहाँले पार्टि अध्यक्ष केपि शर्मा वलि संग परामर्स र सहयोग पुर्याई सफल पार्ने श्री खगेन्द्र उप्रेती श्री ओमकृष्ण प्रसाई, परिवार जनका मेरा मान्यजनहरू सहयोग पुर्याउने नातास्टमित्र सबैमा आभार सहित धन्यवाद ब्याक्त गर्दछु । सकारात्मक सोचका साथ शव नेपाल ल्याउन सहयोग पुयाउने विभिन्न सञ्चारहरू प्रति पनि धन्यबाद ब्याक्त गर्दछु ।
शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२:३० बजेतिर विर्तामोडस्थित निवासमा पु-याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका का निराकर पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । उक्त आगलागीमा परि निराकार सहित २४ जनाको निधन भएको थियो ।