जिप दुर्घटनामा चार जनाको मृत्यु

सुर्खेत, ८ माघ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दु’र्घ’टना हुँदा चार जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ । मृ’त्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही,

दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् । दु’र्घ’टनामा घा’इ’ते भएका

उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दु’र्घ’टनामा घा’इ’ते भएका छन् । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।