काठमाडौँ — प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले बैठकमा नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।
सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।